शनिबार, माघ १, २०७८
चितवन र कैलालीमा पनि कोरोना संक्रमित बढ्दै

चितवन र कैलालीमा पनि कोरोना संक्रमित बढ्दै


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

चितवन र कैलालीमा पनि कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ ।

शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन् । शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो ।

काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या ९०६१ रहेको छ । ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ जना रहेका छन् । त्यस्तै झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ ।

यो पनि पढ्नुहोस्
भारतबाट नेपाल आउने क्रममा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका व्यक्ति सीमाबाटै फरार हुन थालेका छन् । सीमा नाकामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि होल्डिङ सेन्टरमा राखिने व्यक्तिहरू विभिन्न तरिका अपनाएर भाग्ने गरेको त्रिनगर स्वास्थ्य परीक्षण केन्द्र गौरिफन्टाले जनाएको छ ।

‘धेरै कोरोना संक्रमित मोहना नदी तरेर नेपाल भाग्ने गरेका छन्,’ त्रिनगर स्वास्थ्य केन्द्रका संयोजक गणेश साउँदले भने, ‘केही व्यक्ति नेगेटिभ रिपोर्ट भएका व्यक्तिसँग रिपोर्ट साटेर पनि उम्कने गरेका पाइन्छन् ।’ भाग्दै गरेका धेरैलाई समात्ने पनि गरिएको उनले बताए । धरै मानिस एकै पटक आउँदा अप्ठ्यारो हुने गरेको उनी बताउँछन् ।

कोरोना पोजेटिभ व्यक्ति भाग्न नपाउन भनेर स्वास्थ्य परीक्षण केन्द्रको पछाडि (पूर्व) पट्टी तार जाली लगाइएकोमा सो तारजाली काटेर धेरै जना मोहना हुँदै भाग्ने गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट