धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ ।
शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।
अन्य २ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
यो पनि पढ्नुहोस्
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारबाट एक युवक पक्राउ परेका छन् ।
युवतीमाथि करणी गरेको आरोपमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोली श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।