शनिबार, माघ १, २०७८
कांग्रेस नेता महतलाई पनि कोभिड संक्रमण

कांग्रेस नेता महतलाई पनि कोभिड संक्रमण


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई कोभिड संक्रमण भएको छ ।

महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन भनेका छन् । महतले आफू घरमै आइसोलेसनमा बसेको पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो ।

शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट