शनिबार, माघ १, २०७८
मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको भन्दै आलोचना बढेपछि भट्टराईले यसो भने

मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको भन्दै आलोचना बढेपछि भट्टराईले यसो भने


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् ।

सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्य समेत गरिएको छ ।

आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको जिकिर गरेका छन् । उनले ध्यानाकर्षण पत्र वाचन गर्दा आफूले मास्क खोलेको र पत्र हस्तान्तरण गर्दा भने मास्क लगाउन भुलेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट