शनिबार, माघ १, २०७८
एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा के छ? (पूर्णपाठ)

एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा के छ? (पूर्णपाठ)


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएक‍ो छ ।

शनिवार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराई लगायतले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमै पुगेर ध्यानाकर्षण गराएका हुन् । कोरोना भाइरस फैलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

ध्यानाकर्षण पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।

ध्यानाकर्षण पत्र :-


यो पनि पढ्नुहोस्
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठले बताए ।

उनका अनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आवश्यक पर्ने बिरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।

दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो । तर प्लान्ट जडानमा ढिलाई गरियो ।

अस्पताल नजिक रहेको विद्युतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाई भएको कार्यकारी प्रमुख डा.श्रेष्ठ स्वीकार्छन् । ‘ट्रान्सफर्मरको क्षमताले नधान्ने भएपछि टेन्डर प्रकृयामा जानुपर्ने भयो । टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा झण्डै तीन महिना ढिलाई भएको थियो’, उनको प्रस्टोक्ति छ । दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट