शुक्रबार, पुस ३०, २०७८
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना, ७ जना घाइते

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना, ७ जना घाइते


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

नारायणगढ मुग्लिन सडकखण्ड स्थित ३ नम्बर पुलमा स्कार्पियो गाडी दुर्घटनामा खसेको छ । इच्छाकामना गाउँपालिका-६ स्थित ३ नम्बर पुलनजिकै सवारी दुर्घटनामा परेको हो ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा. १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट ६० मिटर तल नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिए ।

स्कार्पियोमा सवार चालक सहित ७ जना घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ। स्कार्पियो आज साँझ साढे ५ बजे अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

यो पनि पढ्नुहोस्
नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत भेटिएका हुन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए ।

शुक्रवार बिहान दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो । पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट