शुक्रबार, पुस ३०, २०७८
केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दले

केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दले


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकिएकोभन्दा मेडिकल कलेजहरुले बढी शुल्क लिन थालेपछि शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा सहभागी हुन पुगेका शर्मालाई बैठकबाट बाहिरिने क्रममा सोही कलेजमा अध्ययनरत आन्दोलनरत विद्यार्थीले कालोमोसो दलेका हुन् ।

कालोमोसो दल्ने ५ विद्यार्थीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका ती विद्यार्थीलाई तत्काल रिहाइको मागसमेत गरिएको छ ।

यी ६ जिल्ला कोरोनाको रेड जोनमा

काठमाडौं । पाँच जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय संक्रमित त्यति पुगेको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमित संख्या १० हजार ८११ पुगेको छ ।

झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

मन्त्रालयका अनुसार शुक्रबार ७६ वटै जिल्लामा संक्रमण फैलिएको छ । शुक्रबार मुलुकभर भाइरसका ५०८७ जना संक्रमित पुष्टि भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट