शुक्रबार, पुस ३०, २०७८
कोरोना संक्रमित मेसीले दिए यस्तो सन्देश

कोरोना संक्रमित मेसीले दिए यस्तो सन्देश


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

एजेन्सी । कोरोना संक्रमणका कारण फुटबलर लियोनल मेसी आइसोलेसनमा छन्। संक्रमणका काकरण उनले पेरिस सेन्ट जर्मनको दुई खेल गुमाएका पनि छन्।

मेसीले कोप दि फ्रान्सको राउण्ड अफ ३२ मा भान्नेसविरुद्ध र लिग वानमा लायोनविरुद्धको खेल्न गुमाए। तर हाल उनले आफू निको भइरहेको सन्देश दिएका छन्। मेसी आफू मैदान फर्किनका लागि तयारी गरिरहेको बताएका हुन्।

‘नमस्कार। यहाँहरुलाई थाहा छ मलाई कोरोना संक्रमण भएको छ। यहाँहरुले मेरो सुस्वास्थ्यका लागि गर्नुभएको कामनाका लागि धन्यवाद भन्न चाहन्छु,’ मेसीले भनेका छन्, ‘मलाई निकाके हुन मैले सोचेको भन्दा बढी समय लागिरहेको छ तर म लगभग निको भइसकेको छु।’

उनले अघि लेखेका छन्, ‘म मैदान फर्किनका लागि तयारी गरिरहेको छु। यी दिनहरुमा म १०० प्रतिशतका लागि तालिम गरिरहेको छु। यो वर्ष केही ठूला चुनौतीहरु आउँदैछन् र आशा गरौं हामी एकअर्कालाई छिट्टै देख्नेछौं। धन्यवाद ।’

मेसी अहिले पनि प्रशिक्षण गरिरहेका छन्। तर उनले शनिबा राति हुने ब्रेस्टविरुद्धको खेल पनि गुमाउन सक्ने बताइएको छ। तर उनी च्याम्पियन्स लिगको खेल शुरु हुनुअघि नै मैदान फर्किने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट