शुक्रबार, पुस ३०, २०७८
प्रिमियर लिगमा हेभिवेट महाभिडन्त : चेल्सी र म्यानचेस्टर सिटी आमनेसामने, को बलियो ?

प्रिमियर लिगमा हेभिवेट महाभिडन्त : चेल्सी र म्यानचेस्टर सिटी आमनेसामने, को बलियो ?


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा हेभिवेट महाभिडन्त हुँदैछ। लिगमा म्यानचेस्टर सिटी र चेल्सीबीच खेल हुन लागेको हो।

उक्त खेल शनिबार साँझ ६ः१५ बजे शुरु हुनेछ। हाल सिटी लिगको शीर्षस्थानमा रहेको छ। उसले २१ खेलबाट ५३ अंक बटुलेको छ।

चेल्सी लिगको दोस्रो स्थानमा रहेको छ। उसले समान खेलबाट ४३ अंकमात्र बनाएको छ। यो खेलमा जित निकाल्दै चेल्सी सिटीसँगको अंक दुरी कम गर्ने दाउमा छ।

त्यस्तै सिटी भने खेलमा हाबी हुँदै उपाधि दौडमा थप बलियो हुने प्रयासमा लाग्नेछ। यद्यपि खेल भने रोचक र प्रतिस्पर्धात्मक हुने आँकलन गर्न सकिन्छ।

हालसम्म यी दुई टोलीबीच १७० खेलमा प्रतिस्पर्धा भएको छ। ती खेलहरुको नतिजामा चेल्सी बलियो देखिएको छ। चेल्सीले ७१ खेलमा जित निकालेको छ। सिटीले ६० खेलमा जित निकालेको छ भने ३९ खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट