शुक्रबार, पुस ३०, २०७८
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ। पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्- कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।

पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। दलका नेताहरूलाई पनि धमाधम कोरोना संक्रमण भइरहेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू संक्रमणपछि अहिले आइसोलेसनमा छन्।

माओवादी नेताहरूलाई आठौं महाधिवेशनपछि संक्रमण भएको हो। एमाले महासचिव पोखरेल माओवादी महाधिवेशनको उद्घाटनमा गएका थिए।

यो पनि पढ्नुहोस्
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट