शुक्रबार, पुस ३०, २०७८
पिएसजी र ब्रेस्ट भिड्दै, यस्तो छ हालसम्मको तथ्याङ्क

पिएसजी र ब्रेस्ट भिड्दै, यस्तो छ हालसम्मको तथ्याङ्क


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस ३०, २०७८

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) र ब्रेस्टबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयानुसार शनिबार राति (आइतबार बिहान) १ः४५ बजे शुरु हुनेछ।

पिएसजी हाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ। उसले २० खेलबाट ४७ अंक जोडेको छ। त्यस्तै समान खेलबाट ३६ अंक जोडेको नाइस दोस्रो स्थानमा छ।

१९ खेलबाट ३६ अंक जोडेको मार्सेइली तालिकाको तेस्रो स्थानमा रहेको छ। २० खेलबाट २५ अंक मात्र जोडेको ब्रेस्ट अंक तालिकाको १३ औं स्थानमा रहेको छ।

पिएसजीका लागि ब्रेस्ट तुलानात्मकरुपमा कमजोर टोली हो। हालसम्म यी दुई टोलीबीच १२ खेलमा प्रतिस्पर्धा भएको छ। ती खेलहरुको नतिजामा पनि पिएसजी नै बलियो देखिएको छ।

पिएसजीले १२ मध्ये ११ खेलमा जित निकालेको छ। एक खेल भने बराबरीमा सकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट