बिहिबार, पुस २९, २०७८
के भिटेनलाई लिएर फिल्म बनाउदैछन् दीपेन्द्र ?

के भिटेनलाई लिएर फिल्म बनाउदैछन् दीपेन्द्र ?


  • स्वदेश नेपाल
  • बिहिबार, पुस २९, २०७८

निर्देशक दीपेन्द्र के खनालले र्यापर भिटेनलाई लिएर चलचित्र बनाउने भएका छन्। दीपेन्द्रको नयाँ प्रोजेक्टका लागि भिटेन काम गर्न राजी भएका छन्। अनटाइटल उक्त प्रोजेक्टका लागि दुईबीच औपचारिक सम्झौता भइसकेको छ।

बुढासुब्बा ओेरिजिनलको ब्यानरमा निर्माण हुने चलचित्रमा नवराज गिरीले लगानी गर्नेछन्। यसअघि भिटेनले अभिनय गर्ने उक्त प्रोजेक्टको नाम ‘रत्नपार्क’ भनेर सार्वजनिक गरिएको थियो। तर फिल्मको नाम पक्का नभएको निर्देशक खनालले बताए।

‘रत्नपार्क’नामको छुट्टै चलचित्र बुढासुब्बाको ब्यानरमै निर्माण हुनेछ। यो चलचित्रको कथा पनि दीपेन्द्रले लेखिरहेका छन्। शर्मिला पाण्डेसँग काम गरिरहेका दीपेन्द्रले निर्माता परिवर्तन गरेका छन्।

यो पनि पढ्नुहोस्
एक समय बाल गायकका रुपमा स्थापित गायक हुन्– प्रेम परियार। उनले चलचित्र देखि सुगम संगीतमा पनि आवाज दिए। तर लामो समयदेखि उनी गुमनाम थिए। उनै गायक प्रेम नयाँ गीत सहित पुनः सांगीतिक बजारमा देखा परेका छन्।

‘मर्ने कसैलाई रहर हुँदैन’बोलको गीत गाएर चर्चामा आएका प्रेमले ‘यो मुटु त तिम्रै हो’बोलको गीत बजारमा ल्याएका हुन्। बिष्णु निरौलाले लेखेको सार्वजनिक गीतमा राजेश थापाले संगीत गरेका छन्।

गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। मुनाल शिशिर कोइरालाले निर्देशन गरेको म्यूजिक भिडियोमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाले अभिनय गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट