बिहिबार, पुस २९, २०७८
किन थाइल्याण्डले नेपालविरुद्ध विश्व व्यापार संगठनमा हाल्यो मुद्दा ? हेर्नुहोस यस्तो कारण

किन थाइल्याण्डले नेपालविरुद्ध विश्व व्यापार संगठनमा हाल्यो मुद्दा ? हेर्नुहोस यस्तो कारण


  • स्वदेश नेपाल
  • बिहिबार, पुस २९, २०७८

थाइल्याण्ड सरकार नेपालविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ) मा पुगेको छ ।

इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध थाइल्याण्ड डब्लूटीओको सरणमा पुगेको हो ।

नेपालले व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै वि.स. २०७६ को असारमा विदेशबाट आउने इनर्जी ड्रिंक र जुस आयातमा प्रतिबन्ध लगाएको थियो । यसमा थाइल्याण्डबाट आयात हुने रेडबुल समेत पर्यो । सरकारको यही निर्णयविरुद्ध थाइल्याण्ड सरकार डब्लूटीओको ढोका ढकढक्याउन पुगेको हो ।

थाइल्याण्डले डब्लूटीओलाई दिएको सूचनाअनुसार नेपालको उक्त निर्णयबाट त्याँहाका निजी क्षेत्रले रेडबुल निर्यात रोकिएको छ ।

यो निर्णयबाट नेपाली बजारलाई लक्षित गर्दै गरिएको लेबलिङ, डिजाइन र उत्पादन प्रभावित बनेको थाइल्याण्डको दाबी छ । सरकारको यो निर्णय अघि थाइल्याण्डबाट वार्षिक अर्बौ रुपैयाँको रेड बुल (इनर्जी ड्रिंक) आउने गरेको थियो ।

नेपालले इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने निर्णय गरेपछि दुईपक्षीय वार्ता गरेपनि सफल हुन सकेको थिएन । थाइल्याण्डले नेपाल सन् २००४ मा विश्व व्यापार संगठनमा हस्ताक्षर गरेको र उक्त हस्ताक्षरपछि कुनै पनि वस्तुको आयात प्रतिबन्ध लगाउन नमिल्ने थाइल्याण्डले स्मरण गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट