बिहिबार, पुस २९, २०७८
‘नेपाल लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ’ भन्दै कांग्रेस नेता भण्डारीले आफैंलाई दिए श्रद्धाञ्जली

‘नेपाल लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ’ भन्दै कांग्रेस नेता भण्डारीले आफैंलाई दिए श्रद्धाञ्जली


  • स्वदेश नेपाल
  • बिहिबार, पुस २९, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशको सिमाना मिचिँदा कुनै पनि राष्ट्रवादी नबोलेको बताएका छन्।

उनले आन्तरिक विषयमा बबाल गर्नेहरुले देशको सिमानाको विषयमा मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले देश आमा भएको र आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिने उल्लेख गरेका छन्।

‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैलाई पनि श्रद्धाञ्जलि बाहेक म के भन्न सक्छु र !’

भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा बने अध्यक्ष

नेकपा (एमाले) अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी भएका छन् । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बोहोराले नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन् ।

खसेको ७५० मतमा बोहराले ४३१ मत ल्याएर जित हात पार्दा शाहले ३०७ मत मात्र पाए । बोहरा शाह प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवर विजयी भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) विजयी भएका छन् ।

दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन् । निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं. २ का रहेका छन् । रावलको निर्वाचन क्षेत्र १ बाट एक जनामा मात्र पदाधिकारी निर्वाचित भएका छन् ।

भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट