बिहिबार, पुस २९, २०७८
सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, पुस २९, २०७८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुन तोलमा ५ सयले बढेको छ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७पैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ०९ पैसा र बिक्री दर १३४ रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७९ पैसा र बिक्री दर १२८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०८ पैसा र बिक्री दर ८५ रुपैयाँ ५२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २३ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५३ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४३ पैसा र बिक्री दर ३१ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम भएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट