बिहिबार, मंसिर २३, २०७८
सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक, कति सहमहामन्त्री थपिएलान् ?

सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक, कति सहमहामन्त्री थपिएलान् ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

१४औं महाधिवेशनको मुखमा सभापति देउवाले बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन् ।

बैठकमा शुक्रवारदेखि सुरू हुने पार्टीको १४औं महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई आमन्त्रण गरिएको छ ।

कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे समेत बिहीबारको बैठकमा छलफल हुने नेताहरुले जनाएका छन् । नेता व्यवस्थापनका लागि कम्तीमा २ जना सहमहामन्त्री थप गर्नेबारे पार्टीभित्र अनौपचारिक छलफल भइरहेको छ ।

पार्टी विधानअनुसार ८ जना सहमहामन्त्री रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट