बुधबार, मंसिर २२, २०७८
नेपालबारे भारतीय सेना प्रमुख विपिन रावतको त्यो बयान, जसले ल्याएको थियो तरंग

नेपालबारे भारतीय सेना प्रमुख विपिन रावतको त्यो बयान, जसले ल्याएको थियो तरंग


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । वि.सं. २०७७ पुस २ गते भारतको तीनवटा सेनाका प्रमुख अर्थात् चिफ अफ डिफेन्स (सीडीएस) जनलर विपिन रावतले नेपालबारे बोलेका थिए ।

उनले नेपालले श्रीलंकाबाट केही सिक्नुपर्ने बताएका थिए । एक कार्यक्रममा नेपालको नाम लिँदै श्रीलंकासँग सिकोस् भनेका थिए । नेपालले श्रीलंका र अरु देशबाट सिक्नुपर्ने सीडीएस जनरल रावतको भनाइ थियो ।

कार्यक्रमका क्रममा रावतले नेपालको चीनसँगको सम्बन्धलाई लिएर यस्तो बताएको भारतीय समाचार संस्थाहरूले बताएका थिए । भारतले उत्तरी छिमेकी चीनसँग नेपाल नजिकिएको मन पराउँदैन । त्यही विषयलाई लिएर रावतले बयान दिएका थिए ।

रावतले भनेका थिए, ‘भारतको सद्भावना कुनै धागोको डोरीसँग जोडिएको होइन । अन्तरराष्ट्रिय मामिलामा नेपाल स्वतन्त्र रुपबाट काम गर्न सक्दछ । तर उसले श्रीलंका र अरु देशबाट चनाखो भई सिकोस् कि जसले यस क्षेत्रका अरु देशसँग पनि सम्झौता गरेका छन् ।’

यस क्षेत्रका अन्य देशका साथ श्रीलंकाले सम्झौता गरेको भनेर जनरल रावतले चीनतर्फ इशारा गरेका थिए ।

चीनले श्रीलंकामा बन्दरगाह बनाउनका लागि दिएको ऋणको भारमा श्रीलंका थिचिएको भनेर त्यहाँको आन्तरिक राजनीतिकमा बहस चलिरहेको छ । रावतको त्यो भनाईप्रति नेपालका केही नेताले विरोध जनाएका थिए ।

रहेनन् विपिन रावत दम्पती : छोरीहरुले एकैपकट गुमाए आमा-बुवा

नयाँदिल्ली- भारतीय सेना प्रमुख विपिन रावत र उनकी मधुलिका रावत सहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १३ जनाको मृत्यु भएको हो।

‘सेनाप्रमुख विपिन राउत उनकी श्रीमती मधुलिका राउतको दुर्घटनामा मृत्यु भएको छ,’ भारतीय वायु सेनाले ट्विट गरेको छ, ‘सेनाका अधिकृतहरूलाई सम्बोधन गर्न नीलगिरि हिल्सस्थित स्टाफ कलेजमा उनीहरू जाने क्रममा थिए।’ सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।

रावत दम्पतीको दुर्घटनामा निधन भएसँगै दुईछोरी टुहोरा भएका छन् । उनिहरुले एकै पटक आमा बाबु गुमाएका छन् । भारतीय सेनामा उच्च छवि बनाएका रावतको निधनले भारत शोकमा डुबेको छ ।

हेलिकोप्टरमा १४ जना सवार थिए। एक जनाको भने गम्भीर अवस्थामा उपचार भइरहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले उल्लेख गरेको छ।

हेलिकोप्टरमारक्षा सहायक, सेक्युरिटी कमान्डो र भारतीय वायु सेनाका अधिकारीहरू सवार थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट