बुधबार, मंसिर २२, २०७८
विपिन रावतको ५ वर्षअघिको त्यो नेपाल भ्रमण…

विपिन रावतको ५ वर्षअघिको त्यो नेपाल भ्रमण…


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। बुधबार भएको भयानक दुर्घटनामा उनी। उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको छ।

विपीन रावत भारतीय स्थल सेनाध्यक्षको हैसियतमा करिब पाँच वर्षअघि नेपाल भ्रमण गरेका थिए। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई विसं २०७३ चैत १६ गते नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन्।

राष्ट्रपति भवन सितल निवासमा २०७३ चैत १६ गते आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन्।

नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत २०७३ चैत १५ चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट