बुधबार, मंसिर २२, २०७८
रामचन्द्र पौडेलको भावुक प्रस्ताव– तपाईंहरु नमिल्ने भए म कांग्रेसबाट बिदा हुन्छु

रामचन्द्र पौडेलको भावुक प्रस्ताव– तपाईंहरु नमिल्ने भए म कांग्रेसबाट बिदा हुन्छु


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका छन् ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेको नेता डा. रामशरण महतले जानकारी दिए ।

“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,” नेता महतले पत्रकारसँग कुरा गर्दै भने, “अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ आफ्नो अडानमा हुनुहुन्छ ।”

पौडेलले भने केही प्रतिक्रिया दिएका छैनन् । महतका अनुसार पौडेलले एउटै उमेदवार बन्ने भए आफू त्याग गर्न तयार रहेको तर कसैले पनि अडान नछाड्ने हो भने आफूसँग दुईवटा विकल्प रहेको बताएका थिए । एउटा सबैसँग उमेदवार हुने, अर्को पार्टीबाट बिदा लिएर घरमा बस्ने । उनले संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट