बुधबार, मंसिर २२, २०७८
पौडेल समूह अन्तिम कसरतमा, चाक्सीबारीको फाइनल वार्तामा को को गए ?

पौडेल समूह अन्तिम कसरतमा, चाक्सीबारीको फाइनल वार्तामा को को गए ?


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो ।

यो छलफललाई फाइनल भनिएको छ । यदि प्रकाशमान सिंह र शेखर कोइराला नमिलेमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

नेता सिंहको निवासमा जारी बैठकमा पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् । बैठकले आजै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।

इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् । तर साझा उम्मेदवार बनाउने भएमा शशांक र पौडेलले पछि हट्ने बताइसकेका छन्। शशांकले पौडेलका लागि आफू ब्याक भएको बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट