बुधबार, मंसिर २२, २०७८
तानातानमा सिटौला, हस्याङफस्याङ गर्दै चण्डोल आइपुगेका पौडेललाई दिए यस्तो जवाफ

तानातानमा सिटौला, हस्याङफस्याङ गर्दै चण्डोल आइपुगेका पौडेललाई दिए यस्तो जवाफ


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन यही शुक्रबारबाट शुरु हुँदैछ। महाधिवेशन मुखैमा आएपछि नेताहरुको दौडधुप एकाएक बढेको छ।

संस्थापन समूह पदाधिकारीका उम्मेदवारहरुको टुंगो लगाउन छलफलमा जुटेको छ भने संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवार बनाउने कसरतमा छ। उपसभापति विमलेन्द्र निधिले सभापतिमा एक्लै उम्मेदवारीको घोषणा गरिसकेका छन् भने कृष्णप्रसाद सिटौला समूह पर्ख र हेरको अवस्थामा छ।

पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाको नजिक भएका सिटौला खुलिसकेका छैनन्। यसैबीच बुधबार उनलाई भेट्न इतर समूहका नेता रामचन्द्र पौडेल उनको निवासमा पुगेका छन्।

पौडेलले सिटौलालाई उपसभापतिमा बसेर सहयोग गर्न आग्रह गरेको बताइएको छ। जवाफमा सिटौलाले पौडेललाई आफूले सहयोग गर्नुपर्ने आधार दिन मागेका छन्। भेटमा दुई नेताबीच वान टू वान वार्ता भएको थियो ।

पौडेलले सिटौलासँग मिलेर जाने प्रस्ताव गरेका थिए । तर, सिटौलाले जवाफमा ’मैले किन सहयोग गर्ने आधार दिनुहोस्’ भनेका थिए ।

सिटौला १३औं महाधिवेशनबाट पौडेल समूहबाट असन्तुष्ट बनेर बाहिरिका थिए । सिटौलासँगै बाहिरिएका गगन थापा भने अहिले संस्थापन इतर पक्षको एकताका लागि जोड दिँदै आएका छन् ।

स्रोतका अनुसार पौडेलले युवा नेताहरुकै आग्रहमा सिटौलालाई भेटेका हुन् । सिटौलाले पनि आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । सो छलफलमा बहुमत केन्द्रीय सदस्यहरुले देउवासँग मिलेर जानपर्ने सुझाव दिएका छन् । यस्तोमा सिटौला जता मिसिन्छन् उक्त समूह थप बलियो हुने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट