बुधबार, मंसिर २२, २०७८
देउवाको प्रश्न, ‘तपाईलाई उम्मेदवार बनाउँदा सभापतिमा कसरी जितिन्छ ?’

देउवाको प्रश्न, ‘तपाईलाई उम्मेदवार बनाउँदा सभापतिमा कसरी जितिन्छ ?’


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । पार्टीको महाधिवेशन मुखैमा आएका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् उनले बुधबार आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनबारे छलफल गरेका छन्।

आफ्नो समूहबाट उनी निर्विकल्प सभापतिका उम्मेदवार हुन्। उनको ध्यान यतिबेला सभापतिमा कसरी जितिन्छ भन्नेतिर केन्द्रीत भएको छ बूढानीलकण्ठस्थित निजी निवासमा आफूनिकट नेताहरूसँग यतिबेला देउवाले छलफल गरिरहेका छन् ।

देउवाले नेताहरूसँग मुलुकको राजनीतिक अवस्था, पार्टीको आन्तरिक शक्ति संघर्ष र जिल्ला तथा प्रदेश अधिवेशनको नतिजा बारे ब्रिफिङ गरेका थिए । सभापति देउवाले नेताहरूलाई कुन पदमा उठ्न चाहनुहुन्छ भनेरसमेत सोधेका थिए ।

देउवाको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘तपाईंको आकांक्षा के हो ? सभापति कसरी जितिन्छ ?’ देउवाले नेताहरूलाई ’तपाईंलाई उम्मेदवार बनाउँदा सभापति कसरी जितिन्छ ?’ भनेर सोधेका थिए ।

उम्मेदवारको टुंगो लगाउन सभापतिका आकांक्षीहरूले आ–आफ्नो टिमभित्र छलफल थालेका छन् । सभापतिका आकांक्षीमध्ये देउवा सबैभन्दा बलिया उम्मेदवारको रुपमा देखिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट तीनमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन ।

पौडेल समूह पनि देउवालाई टक्कर दिन साझा उम्मेदवारको खोजीमा छ। निरन्तर छलफलमा जुटेपनि सहमति भने भएको छैन। उता उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी घोषणा गरेर त्यसको तयारीमा जुटिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट