बुधबार, मंसिर २२, २०७८
खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँकाे चेक दिने व्यक्ति पक्राउ

खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँकाे चेक दिने व्यक्ति पक्राउ


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाण्डौँ : बैंक खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् ।

जग्गा प्लानिङ गर्न तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको तर खातामा पैसा नभएको चेक दिने लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो ।

उनले आफू बेलायती सेनाबाट अवकाश पाएको व्यक्ति भएको तथा महाराजगञ्जमा ब्युटी पार्लर रहेको र अब जग्गा प्लानिङ गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए । तर आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख रुपैयाँको चेक दिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सन्दीप गुरुङले अरु व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट