बुधबार, मंसिर २२, २०७८
गर या मरको अवस्थामा बार्सिलोना, बायर्नसँग ११ पटक आमनेसामने हुँदा यस्तो छ अवस्था

गर या मरको अवस्थामा बार्सिलोना, बायर्नसँग ११ पटक आमनेसामने हुँदा यस्तो छ अवस्था


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बुधबार राति (बिहीबार बिहान) १ः४५ बजे शुरु हुनेछ।

नकआउट चरणमा पुग्नका लागि बार्सिलोनाले यो खेल जित्नैपर्ने हुन्छ। बायर्नले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ। हाल बार्यन ५ खेलबाट १५ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७ अंक छ। तेस्रो स्थानमा रहेको बेनफिकाको ७ अंक छ।

यो खेलमा बार्सिलोना हारेमा र अर्को खेलमा बेनफिका जितेमा बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा यस सिजनका लागि यहीँ अन्त्य हुनेछ। यो खेलमा बार्सिलोनाले कम्तीमा पनि बराबरी गर्नुपर्नेछ।

बार्सिलोना र बायर्नबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भइसकेको छ। तीमध्ये ६ खेलमा बार्यनले जित निकालेको छ भने ४ खेलमा बार्सिलोना विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट