बुधबार, मंसिर २२, २०७८
युवा सं‌घका नेता श्रेष्ठको हत्यामा संलग्न दुईजना पक्राउ, हत्या गर्नेहरु उनकै नजिकका साथी !

युवा सं‌घका नेता श्रेष्ठको हत्यामा संलग्न दुईजना पक्राउ, हत्या गर्नेहरु उनकै नजिकका साथी !


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

भक्तपुर : राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा स‌लग्न दुईजना पक्राउ परेका छन‍्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति हत्या भएको हो।

आर्थिक लेनदेनका कारण उनीहरुले आफ्नै साथीको हत्या गरेको प्रहरीले बताएको छ। उनीहरुले मंगलबार साँझ श्रेष्ठमाथि निर्घात कु’ट’पि’ट गरेका थिए। गठ्ठाघरबाट बालकोट जानेक्रममा हनुमन्ते खोला नजिक उनीमाथि निर्घात कु’टपि’ट भएको थियो।

महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । रेग्मीले भने, ‘ शंकास्पद केहीलाई पक्राउ गरेका छौं। सोधेपुछ भइरहेको छ।’

सूर्यविनायक नगरपालिका(२ बालकोट बसिटोल नजिकै खाली जग्गामा बुधबार राती स्थानीय ३३ वर्षीय श्रेष्ठ मरणासन्न अवस्थामा भेटिएका थिए। उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइए पनि मध्यपुर थिमि अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भीक अनुसन्धान अनुसार सापटी लिएकासँग कुराकानी भइरहेका बेला अर्का व्यत्ति आएर बोलेपछि श्रेष्ठ आ’क्रा’मक भएका थिए । सोही क्रममा उनीमाथि कु,ट,पि,ट भएको हो। भक्तपुरका सांसद तथा एमाले नेता महेश बस्नेतले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट