बुधबार, मंसिर २२, २०७८
मेसीको प्रशंसा गरेर थाकेनन् एमबाप्पे, के–के भने ?

मेसीको प्रशंसा गरेर थाकेनन् एमबाप्पे, के–के भने ?


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा पेरिस सेन्ट जर्मन (पिएसनी)ले क्लब ब्रुगलाई ४–१ गोलले हरायो।

नकआउट चरणमा प्रवेश गरिसकेको पिएसजीको जितमा लियोनल मेसी र किलियन एमबाप्पेले २–२ गोल गरे। यो खेलमा एमबाप्पेले मेसीको कीर्तिमान भंग गरे।

एमबाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने कान्छा खेलाडी बनेका छन्। खेलको सात मिनेटभित्र नै एम्बाप्पेले पेरिस सेन्ट जर्मनलाई दुई गोलको अग्रता दिलाएका थिए। एम्बाप्पेको प्रतियोगितामा ३१ गोल पुगेको छ।

उनलाई ३० गोल पुरा गर्न २२ वर्ष र ३५२ दिन लागेको थियो। मेसीलाई यही कोशेढुंगा पार गर्न २३ वर्ष र १३१ दिन लागेको थियो।

खेलपछि एमबाप्पेले फेरि मेसीको प्रशंसा गरेका छन्। उनले मेसी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन्।

‘लियोनल मेसीसँग खेल्न सजिलो हुन्छ। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। केअी दिनअघि मात्र पनि उनले बालोन डी’ओर जिते,’ एमबाप्पेले भने।

उनले अघि भने, ‘उनले आज दुई गोल गरे। उनी खुशी छन्। कलाई आशा छ उनले भविष्यमा हामीलाई सहयोग गर्नेछन्।’ एमबाप्पे आफैंमा क्रिस्टियानो रोनाल्डो ठूलो फ्यान हुन्। तर उनी हाल सहकर्मी भएका कारणले पनि होला मेसीको निरन्तर प्रशंसा गरिरहेका छन्।

केही समयअघि उनले खेलमा मेसी हिँड्दा आफूहरु दौडिनुपर्ने बताएका थिए। मेसीको खेल उत्कृष्ट रहेको बताउँदै उनले टिममा आफूहरुले बढी मेहेनत गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट