बुधबार, मंसिर २२, २०७८
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तलमाथि भइरहेको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा बुधबार ९२ हजार ३ सय रुपैयाँ पुगेको हो।

तेजावी सुनको भाउ भने आज ९१ हजार ८ सय प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ।

त्यस्तै बुधबार चाँदीको मूल्य समेत १० रुपैयाँले बढेको छ। चाँदी मंगलबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १२ सय रुपैयाँ कायम भएको हो।

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट