बुधबार, मंसिर २२, २०७८
घरमै सुत्केरी भएकी गङ्गाको रक्तश्रा’वपछि झाँक्रीमा लैजाँदा मृ’त्यु

घरमै सुत्केरी भएकी गङ्गाको रक्तश्रा’वपछि झाँक्रीमा लैजाँदा मृ’त्यु


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौँ

जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रा’वबाट सुत्केरीको अकालमा मृ’त्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृ’त्यु भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृ’त्यु भएको हो । चदारका श्रीमान् बिनेले भने, “गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, म’रेको शिशु जन्मियो ।”

चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्री कहाँ लगिएको बताइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट