बुधबार, मंसिर २२, २०७८
ए डिभिजन लिग : आज २ खेल हुँदै

ए डिभिजन लिग : आज २ खेल हुँदै


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौँ

शहिद स्मारक ‘ए डिभिजन लिग’मा बुधबार २ खेल हुँदैछन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल दिउँसो १ बजे शुरु हुनेछ।

आजै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच हुनेछ। सो खेल बेलुकी पौने ५ बजे शुरु हुनेछ। मंगलबारका लागि तय गरिएको यी खेलहरु एथ्लेटिक्स् खेलका कारण आजका लागि सरेको हो।

हिमालयन शेर्पा क्लब तालिकाको १२ औं स्थानमा छ भने नेपाल पुलिस क्लब छैंटौ स्थानमा छ। जावलाखेल १३ औं स्थानमा छ भने मच्छिन्द्र सातौं स्थानमा छ। पहिलो पटक लिग खेलेको सातदोबाटो युथ क्लब भने शीर्ष स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट