बिहिबार, मंसिर १६, २०७८
आज कति छ सुनको मूल्य ?

आज कति छ सुनको मूल्य ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर १६, २०७८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ नेपाल सुनचाँदी तथा व्यवसायी महासंघले जानकारी दिएको छ।

गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १ सय ९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट