शुक्रबार, मंसिर १०, २०७८
एमाले महाधिवेशन चितवनतिर, प्रचण्ड तालढुंगातिर

एमाले महाधिवेशन चितवनतिर, प्रचण्ड तालढुंगातिर


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।

प्रचण्ड माओवादी केन्द्रको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनका लागि खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन्।

प्रचण्डले यसअघि नै नेकपा एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने बताएका थिए । एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन्।

स्रोतका अनुसार उनले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई चितवन पठाउने भएका छन्। एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमनत्री शेरबहादुर देउवा चितवन जाने भएका छन्।

एमालेले नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने महाधिवेशनको निम्तो दिएको छैन। नेकपा एइस पार्टी नभएर एक गुट भएको भन्दै उनलाई आमन्त्रण नगरिएको एमालेले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट