शुक्रबार, मंसिर १०, २०७८
एमालेको महाधिवेशन : उद्घाटन हुनु अघि नै गेट भत्किएपछि …

एमालेको महाधिवेशन : उद्घाटन हुनु अघि नै गेट भत्किएपछि …


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

काठमाडौँ

औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागत गेट बिहीबार साँझ भत्किएको छ।

बन्दसत्रका लागि तयार गरिएको सौराहास्थित हातीचोकमा बनाइएको सहायक गेट भत्किएको हो । भत्किएर भुइँमा ढलेको उक्त गेट एमाले कार्यकर्ता र मजदुरहरुले उठाइसकेका छन्। एमाले महाधिवेशनका लागि चितवनमा मुख्य र सहायक गरी ४५ गेट बनाइएका छन्। जसमध्ये एउटा स्वागत गेट भत्किएको हो ।

भब्य तयारी गरिएको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन् । तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ । महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट