शुक्रबार, मंसिर १०, २०७८
‘प्रेम गीत ३’को हिन्दी डबिङमा ‘बाहुबली’का कलाकारको आवाज, कहिले प्रदर्शन हुँदैछ फिल्म ?

‘प्रेम गीत ३’को हिन्दी डबिङमा ‘बाहुबली’का कलाकारको आवाज, कहिले प्रदर्शन हुँदैछ फिल्म ?


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को रिलिज मिति तय भएको छ। फिल्म आगामी फागुनमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ।

फिल्मको रिलिज मिति १३ फागुन तोकिएको भएको छ । निर्माता सन्तोष सेनले बताए। फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ। जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको बताइएको छ।

‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो। फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए। २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्।

छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमारसान शाह र ओएसआर डिजिटल रहेका छन्।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी वर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट