शुक्रबार, मंसिर १०, २०७८
जबरालाई हटाउन प्रधानमन्त्री देउवाले चाले यस्तो कदम

जबरालाई हटाउन प्रधानमन्त्री देउवाले चाले यस्तो कदम


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् ।

नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाटार बोलाएका हुन् । छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसैअवसरमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए । यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन ।

बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले हिजो बिहीबार मात्रै सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट