शुक्रबार, मंसिर १०, २०७८
देशभर चिसो बढ्ने क्रम जारी, यस्तो छ ३ दिनको मौसम

देशभर चिसो बढ्ने क्रम जारी, यस्तो छ ३ दिनको मौसम


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

काठमाडौँ

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७८ मंसिर १० गते

दिउँसो – प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती – देशका पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ११ गते

दिउँसो -प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती – देशका पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १२ गते

दिउँसो -प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती -देशको अधिकांश भू–भागहरुमा आँशिक बदली रहने छ ।
त्यस्तै, देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट