बिहिबार, मंसिर ९, २०७८
बले र प्रिज्माको ब्रेकअप !

बले र प्रिज्माको ब्रेकअप !


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

काठमाडौं । अभिनेता सागर लम्साल अर्थात बले र मोडल प्रिज्मा खतिवडाको ब्रेकअप भएको हल्लाले नेपाली फिल्म दुनियाँ तातिएको छ। भद्रगोल टिभी सिरियलबाट उदाएका बले र टीकटकबाट उदाएकी प्रिज्मा लामो समयदेखि प्रेममा रहेका थिए।

यद्यपी उनीहरुले आफूहरु रिलेशनमा भएको कुरालाई स्वीकार गरेका थिएनन्। धेरै म्युजिक भिडियोहरुमा सँगै काम गरेका उनीहरुले प्रेमले राम्रै चर्चा पाएको थियो। स्रोतका अनुसार उनीहरु फागुनमा बिहे गर्ने सोचमा थिए।

तर पछिल्लो समय उनीहरुबीचको दुरी बढेको उनीहरु निकट स्रोतको दाबी छ। प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडियो पोस्ट गरेका छैनन्। उनीहरु म्युजिक भिडियोमा पनि सँगै देखिन छाडेका छन्।

उनीहरु अहिले अलग भएको जनाइएको छ। स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ। तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन्।

बलेसँगको सम्बन्धबारे जानकारी दिँदै प्रिज्माले आफूहरु को–आर्टिस्ट भएको बताएकी छिन्। उनले आफू बलेसँग कहिल्यै पनि रिलेशनमा नरहेको जानकारी दिएकी छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट