बिहिबार, मंसिर ९, २०७८
पत्रकारिता क्षेत्रमा नफर्किने उद्घोष गर्दै पत्रकार शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

पत्रकारिता क्षेत्रमा नफर्किने उद्घोष गर्दै पत्रकार शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

महरा र बास्कोटाको पद खाइदिएका पत्रकार सिवाकोटी कांग्रेसको केन्द्रीय सदस्यमा !


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले कांग्रेसको १४ औँ महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अस्ति मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी शिवाकोटीले आफू पत्रकारीताभन्दा बाहिर रहेर पार्टीको राजनीतिमा होमिएको बताएका हुन् ।

उनले आफू मिडिया उद्यमीको रुपमा भने सधैँ रहने तर, पत्रकारको रुपमा नरहने बताए । नेपाल पत्रकार महासंघ, प्रेस युनियनमा आगामी दिनमा आफू नफर्कने प्रतिबद्धता पनि व्यक्त गरे । दोलखाबाट महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित भएका शिवाकोटीले आफूलाई जिल्लामा कांग्रेसको सबै पक्षको समर्थन रहेको पनि बताए ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मोलमोलाईबारे एमाले नेता गोकुल बास्कोटाको अडियो र माओवादी नेता कृष्णबहादुर महरा रोशनी शाहीसँग जोडिएको सनसनीपूर्ण समाचार सार्वजनिक गर्ने पत्रकार हुन् अजयबाबु सिवाकोटी।

सिवाकोटीकै कारण महराले सभामुख र बास्कोटाले मन्त्री पद गुमाएका थिए ।

तर, उक्त प्रकरणमा महराले अदालतबाट सफाइ पाइसकेका छन् । बास्कोटामाथि लागेको आरोप पनि पुष्टि भइसकेको छैन ।

सिवाकोटीले आफैंले संचालन गरेको हाम्राकुरा डटकम अनलाइनमार्फत् यी दुई नेता जोडिएको समाचार ब्रेक गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट