बिहिबार, मंसिर ९, २०७८
के तपाई कपालमा चाँया परेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

के तपाई कपालमा चाँया परेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

काठमाडौँ

धेरैलाई कपालमा चाया आएर हैरान पारेको हुन्छ । बाटोमा चाया लिएर हिड्दा लाज पनि हुन्छ । सफा सुग्घर र आकर्षक बनेर हिडे पनि कपालमा चाया देखिएमा इमेज पनि खराब हुन्छ । त्यसैले कपालमा चाया पर्दा धेरैलाई चिन्ता हुन्छ ।

कपाल सुख्खा भयो या तालु चिलायो भने पनि कतिले कपालमा तेल लगाउने गर्छन् । तर चाया भएको कपालमा तेल लगाउनु हुदैन । चाया भएको कपालमा तेल लगाउदा झन कपाल झर्न् समस्या हुन्छ ।

कपालको चमक पनि कम हुन्छ । तर कपालको चाया हटाउने केहि उपायहरु पनि छन् । टाउकोमा चाया परेको छ भने नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चाया हटाउन र कपालमा चमक पनि ल्याउछ ।

चाया परेको छ भने नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । तालुमा एलोभेराको जेल लगाएर २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउदा पनि तपाइको कपालको चाया हराउछ । त्यस्तै कपालमा चाया भएमा नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराउछ र कपालमा चमक पनि आउछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट