बिहिबार, मंसिर ९, २०७८
तस्वीरहरुमा हेर्नुहोस् केपी ओलीको चितवन ‘इन्ट्री’

तस्वीरहरुमा हेर्नुहोस् केपी ओलीको चितवन ‘इन्ट्री’


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

चितवन –

पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।

एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ । एमालेको महाधिवेशनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसकका सभभापति शेरबआदुर देउवाले पनि सम्बोधन गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने चितवन नजाने भएका छन्।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट