बिहिबार, मंसिर ९, २०७८
कुवेतविरुद्ध नेपालको सानदार जित, अघिल्लो चरण पुग्ने सम्भावना कति ?

कुवेतविरुद्ध नेपालको सानदार जित, अघिल्लो चरण पुग्ने सम्भावना कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । टी–२० मा कुवेतविरुद्ध यो नेपालको ऐतिहासिक जित हो ।

यसअघि नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुवतेलाई यति फराकिलो अन्तरले हराएको थिएन । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि इन्दु वर्माले १३, रुबिना क्षेत्रीले अविजित १२ रन बनाए । सीता राना मगर भने आज शून्यमै आउट भइन् । बलिङमा मीरा जश्वीले एक विकेट लिइन् ।

त्यसअघि, दुबईस्थित आईसिसी एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेत २७ रनमै अलआउट भयो । उसका लागि प्रियादा मुरलीले १० रन बनाइन् बाँकी १० ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा संगीता राइले ३, रुविना क्षेत्री, करुणा भण्डारीले दुई/दुई र सरस्वती चौधरीले एक विकेट लिइन् । आजको जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट