बिहिबार, मंसिर ९, २०७८
च्याम्पियन्स लिग : जारी सिजन कसको बढी गोल ? नामी खेलाडीहरुको अत्तोपत्तो छैन

च्याम्पियन्स लिग : जारी सिजन कसको बढी गोल ? नामी खेलाडीहरुको अत्तोपत्तो छैन


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

एजेन्सी । एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणका खेलहरु जारी छ। समूह चरणका केही खेलहरु बाँकी रहँदा नै केही टोलीले भने अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

हालसम्म च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने ११ टोलीको टुंगो लागिसकेको छ। समूह एबाट म्यानचेस्टर सिटीली विजेताका रुपमा र पिएसजीले उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएको छ।

यी हुन् जारी सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक धेरै गोल गर्ने खेलाडीहरु र गोल संख्या :

सेबास्टिन हालेर (आज्याक्स) ९ गोल

रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख) ७ गोल

क्रिस्टोफर कुन्कु (आरबी लेइपजिग) ७ गोल

मोहमेद सालह (लिभरपुल) ६ गोल

क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड) ६ गोल

करिम बेन्जेमा (रियल मड्रिड) ५ गोल

पेड्रो गोन्काल्भेस (स्पोर्टिङ सिपि) ५ गोल

लेरोय साने (बायर्न म्युनिख) ४ गोल

रियाड माहरेज (म्यानचेस्टर सिटी) ४ गोल

सर्वाधिका गोलकर्ता दौडमा केही नामी खेलाडीहरु भने पछाडि रहेका छन्। लियोनल मेसी, नेयमार जुनियर, किलियन एमबाप्पे, इर्लिङ हाल्याण्डजस्ता खेलाडीहरुले खासै राम्रो प्रभाव छाड्न सकेका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट