बिहिबार, मंसिर ९, २०७८
रेखा थापाको राजनीति : माओवादी छाडेर राप्रपातिर, राप्रपामा पनि थापा, राणा हुँदै लिङ्देनतिर

रेखा थापाको राजनीति : माओवादी छाडेर राप्रपातिर, राप्रपामा पनि थापा, राणा हुँदै लिङ्देनतिर


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राप्रपाका उक्ला सांसद लिङ.देनले पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको गठजोडमा अध्यक्षमा उम्मेदवारी घोषाणा गरेका हुन् ।

आज काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीका आम नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाअनुसार उम्मेदवारी दिन लागेको बताए ।

उता अभिनेत्री रेखा थापाले पनि राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएकी छन् । लिङ्देनले आज आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा उपस्थित भएकी थिइन् ।

नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागिन् ।

उनलाई पार्टीको सहमहामन्त्रीसमेत बनाइएको थियो । राप्रपामा पुनःएकीकरणपछि उनी नेतृत्वप्रति असन्तुष्ट थिइन् । सोही असन्तुष्टिको फलस्वरुप अगामी महाधिवेशनमा लिङ्देनलाई समर्थन जनाएकी हु्न् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट