बिहिबार, मंसिर ९, २०७८
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राप्रपाका उक्ला सांसद लिङ.देनले पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको गठजोडमा अध्यक्षमा उम्मेदवारी घोषाणा गरेका हुन् ।

आज काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीका आम नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाअनुसार उम्मेदवारी दिन लागेको बताए ।

उनले भने, ‘समयले परिवर्तन खोजेको छ, राप्रपाको ३१ वर्षको इतिहासमा समग्रमा असफलताको इतिहास जस्तो भयो। यो समयमा ५१ सालमा राप्रपा थापा र चन्द एकीकृत राप्रपाका कार्यकर्ता खुशीले रमाएका थिए । त्योदेखि आजसम्म कार्यकर्ताहरूले एक दिन पनि खुसीले हाँस्न पाइएन । दुब्लाउँदै आउने क्रममा आज राष्ट्रिय पार्टी पनि रहेन ।’

लिङ्देनलाई अध्यक्षमा नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत रहेका नेता धमवशम्शेर को साथ रहने भएको छ । हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ ।

यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए । तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री लड्न तयार भएका छन् । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ ।राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट