बिहिबार, मंसिर ९, २०७८
म्याराडोनाले १६ वर्षकी किशोरीलाई आमाकै अगाडि ब’ला’त्कार गरेको आरोप

म्याराडोनाले १६ वर्षकी किशोरीलाई आमाकै अगाडि ब’ला’त्कार गरेको आरोप


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

एजेन्सी । प्रसिद्ध फुटबलर डिएगो म्याराडोनामाथि ३७ वर्षकी एक महिलाले ब,ला,त्का,रको आरोप लगाएकी छिन् ।

म्याराडोनाको गत वर्ष ६० वर्षको उमेरमा निधन भएको थियो । यी महिलाको दावीअनुसार २१ वर्ष पहिले उनी नाबालिग हुँदा म्याराडोनाले उनलाई ब,ला,त्का,र गरेका थिए ।

यी महिलाको नाम माविस अल्भारेज हो । यी महिला क्युबाकी हुन् । अहिले उनी अमेरिकाको मियामीमा बस्छिन् । उनले सोमबार मिडियाको अगाडि अर्जेन्टिनाका विश्वकप विजेता सुपरस्टार खेलाडी म्याराडोनामाथि यस्तो आरोप लगाएकी हुन्।

अल्भारेजका अनुसार उनी १६ वर्षकी हुँदा म्याराडोनासँग भेट भएको थियो । त्यतिबेला म्याराडोना ४० वर्षका थिए र क्युबामा बस्थे । त्यहाँ उनका ला,गू,औ,ष,धको लतको उपचार भइरहेको थियो ।

अल्भारेजले यही क्रममा म्याराडोनाले आफूलाई ब,ला,त्का,र गरेको आ,रोप लगाएकी छिन् । त्यतिबेला उनकी आमा ढोकाबाहिर रोइरहेकी थिइन् । महिलाले म्याराडोनाले आफ्नो ‘बाल्यकाल चोरी गरेको’ आरोप लगाएकी छिन् ।

अल्भारेजका अनुसार म्याराडोनासँग उनको सम्बन्ध ४ देखि ५ वर्ष चल्यो । अल्भारेजले भनिन् ‘म उनलाई प्रेम गर्थें तर म उनलाई घृ,णा पनि गर्थें । मैले ज्या,न दिने बारेमा पनि सोचेकी थिएँ ।’

अल्भारेजले म्याराडोनामाथि आफूलाई कै,द गरेको, ड्र,ग्स दिएको जस्ता आरोप पनि लगाएकी छिन् । माविल अल्भारेजले २५ नोभेम्बरमा म्याराडोनाको मृ,त्युको वार्षिकीमा प्रसारण हुने एक टेलिभिजन सिरिजमा बताइएका कुराहरुलाई सन्तुलित गर्न सकियोस् भनेर आफू यति धेरै वर्ष चुप रहेपछि अहिले बोलेको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट