बिहिबार, मंसिर ९, २०७८
भीम रावलको चेतावनीपछि रोकियो ओलीको रात्रिभोज

भीम रावलको चेतावनीपछि रोकियो ओलीको रात्रिभोज


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ९, २०७८

काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ ।

अध्यक्ष ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज गर्ने तयारी भएको थियो । तर मंगलवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले भोजभतेरको विरोध गरेपछि रात्रिभोज रद्द गरिएको हो ।

महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षासहित अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो ।

तर, उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी रात्रिभोज दिन नहुने तर्क गरेपछि स्थगित भएको एक नेताले जानकारी दिए ।

सर्वसम्मत पुनः अध्यक्षमा दोहोरिने अपेक्षा राखेका ओलीविरुद्ध पार्टीमा असन्तुष्ट रहेका रावलले हालै पार्टीको अध्यक्षको पदमा उम्मेदवारी दिएका छन् ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने एमालेले जनाएको छ ।

उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट