बुधबार, मंसिर ८, २०७८
डिभोर्सको हल्लाबीच प्रियंका गर्भवती भएको चर्चा

डिभोर्सको हल्लाबीच प्रियंका गर्भवती भएको चर्चा


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ८, २०७८

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता निक जोनसको डिभोर्सको चर्चा चुलिएको छ। तर प्रियंकाकी आमाले पनि यसलाई अफवाहको संज्ञा दिएकी छिन्।

डिभोर्सको हल्लाबीच २३ नोभेम्बरमा नेटफ्लिक्समा ‘जोनस ब्रदर्स फेमिली रोस्ट’ शो रिलिज भयो। फेमिलि रोस्ट शोमा प्रियंकाले पति निकको रोस्ट गरेकी छिन्।

प्रियंकाले निकलाई रोस्छ गर्दै आफ्नो बच्चाको बारेमा पनि जोक सुनाएकी छिन्। जसलाई सनेर मानिसहरु केहीछिनका लागि हैरान भएका थिए।

‘निक जोनस रोस्ट’को एक सेगमेन्टका दौरान प्रियंकाले निक र उनी परिवारमा एक यस्तो जोडी हो जसको बच्चा छैन भनेकी थिइन्। तर त्यसपछि उनले जे भनिन् त्यो सुनेर निक पनि अचम्मित भए।

प्रियंकाले भनिन् ‘हामी एकमात्र त्यस्तो जोडी को जसको ब्च्चा छैन। यसमकारण म यो कुरा जानकारी गराउन उत्साहित छु। निक र म आशा गरिरहका छौं…’

केही समय रोकिएर उनले भनिन्, ‘आज राति झ्याप हुने र भोली सुत्नका लागि।’ प्रियंकाको यस्तो मजाक सुनेर सबै हाँस्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट