मङ्लबार, मंसिर ७, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति पुग्यो ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति पुग्यो ?


  • स्वदेश नेपाल
  • मङ्लबार, मंसिर ७, २०७८

काठमाण्डौ :

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र विक्रीदर ११९ रुपैयाँ ३४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र विक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४० पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट