सोमवार, मंसिर ६, २०७८
पोखराको लेकसाइडमा आ’गलागीबाट पाँच पसलमा क्ष’ति

पोखराको लेकसाइडमा आ’गलागीबाट पाँच पसलमा क्ष’ति


  • स्वदेश नेपाल
  • सोमवार, मंसिर ६, २०७८

काठमाडौँ

पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आ’गलागी हुँदा पाँच पसलमा क्ष’ति पुगेको छ । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् ।

रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए । प्रहरीले आ’गलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मूल्य बराबरको क्ष’ति पुगेको जनाउँदै उनले भने, “आ’गलागीबाट भएको क्ष’तिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् स’र्ट भएर हो वा अन्य कारणबाट आ’गलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।”रासस 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट