शनिबार, मंसिर ४, २०७८
नयाँ नेपाल-जिन्दावाद ! गणतन्त्र -जिन्दावाद ! (भिडियोसहित)

नयाँ नेपाल-जिन्दावाद ! गणतन्त्र -जिन्दावाद ! (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर ४, २०७८

-मुक्तिनाथ घिमिरे

ऊ ब्यबसायिक चोर थिएन । उसका बा आमा थिएनन् ।उसको घर थिएन र माग्ने आदत पनि थिएन । पट्ठो युवा भएर पनि उसले काम पाएन किनकी उसले पढन पाएन । त्यसैले ऊ प्रेमी बन्न पनि पाएन ।

केहि पाउने लोभले ऊ जनआन्दोलनमा होमियो तर उसले पिटाई र पिडा मात्रै पायो । आन्दोलनमा उसले एउटा रातो तारे झन्डा सधै बोक्ने गर्थियो त्यही तारे झन्डा उसले लुकायो र आन्दोलनबाट जिन्दावाद मुर्दावाद जोसले भन सिक्यो।

ऊ भोकै थियो र न भोको बाघ झैँ थियो । आफूतिर सामन्ती ठाँटमा आएकी एक महिलाको ब्याग उसले अचानक खोस्यो र भाग्यो । तर ऊ लखेटियो ।

दगुर्दादगुर्दै उसले ब्यागको पैसा निकालेर गोजीमा खाँदयो र ब्याग फालिदियो ।लखेट्नेहरुले भेट्नै आँटेका थिए र ऊ भाग्नै नसके भैसकेको थियो ।कुटाइ खाने पक्का भैसकेपछि उसले गोजीबाट रातो तारे झन्डा निकाल्यो ,टाउकोमा बाध्यो र करायो -प्रतिगमन मुर्दावाद !

हातमुठी पारेर आकाशतिर हावामा जोडले हुर्याउदै ऊ अझ जोडले चिच्च्यायो -गणतन्त्र जिन्दाबाद ! उसलाई लखेट्नेहरु हच्किए बरु ऊसंगै मुर्दावाद र जिन्दाबाद उराल्नेको जुलुस बन्यो ।

सुरक्षित महसुस भएझैँ ऊ फिस्स हाँस्यो र अन्तिम पटक करायो -“नयाँ नेपाल जिन्दाबाद” !

घिमिरेको लघुकथा संग्रह “”२१६६”” बाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट