मङ्लबार, कार्तिक ३०, २०७८
विश्वकपमा ‘फ्लप’ भएका हार्दिक पाण्ड्यालाई भन्सारमै रोकियो, ५ करोडका २ घडी जफत

विश्वकपमा ‘फ्लप’ भएका हार्दिक पाण्ड्यालाई भन्सारमै रोकियो, ५ करोडका २ घडी जफत


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक ३०, २०७८

काठमाडौं । भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्ड्याका ५ करोडका दुईवटा घडी भन्सार विभागले जफत गरेको छ ।

भन्सार विभागका अनुसार हार्दिकसँग यो घडीको बिल थिएन । र, यी घडीलाई उनले आफ्नो सामानको सूचीमा समावेश पनि गरेका थिए ।

यद्यपि, पाण्ड्याले यी घडीको कूल मूल्य १ करोड ८० लाख बताएका छन् । उनका अनुसार एउटा घडीको मूल्य १.४० लाख हो र दोस्रोको ४० हजार हो ।

आईसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि भारतीय टिम स्वदेश फर्किएको छ । हार्दिक पनि आइतबार अबेर राति टिमसहित नै फर्किएका थिए । तर, भन्सार विभागले उनलाई रोक्यो । र, उनका दुईवटा घडी जफत ग¥यो । भारतीय सञ्चार माध्यमका अनुसार जफत गरिएका दुबै घडीको मूल्य ५ करोड भारु थियो ।

टी–२० विश्वकपमा हार्दिक पाण्ड्याले आफ्नो खराब फिटनेस र प्रस्तुती दुवैले निराश पारेका थिए । पाँच खेलमा तीन पारीमा पाण्ड्याले ३४.५० को औसतसहित ६९ रन मात्रै बनाएका थिए ।

पूरा खेलमा उनले चार ओभरको बलिङ मात्रै गरे र एउटा पनि विकेट लिन सकेनन् । सुरुवाती म्याचमा उनको फिटनेसमाथि प्रश्न उठेका थिए ।

खराब प्रस्तुती र फिटनेसका कारण नै उनलाई न्युजिल्याण्डविरुद्ध घरेलु सिरिजमा पनि उनलाई छानिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट